सभामुख महरालाई कानुनविपरित २८ जना सुरक्षाकर्मी



काठमाडौं साउन, २–
प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभका अध्यक्षले भन्दा पनि बढी सुरक्षा सुरक्षाकमी खटाइएको छ ।

सभामुख महराले २८ जना सुरक्षाकर्मी पाएका छन् तर उनी हैसियतमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका लागि भने २१ जना सुरक्षाकर्मी खटिएका छन् ।

दुवैले कानुनभन्दा बढी सुरक्षाकर्मी लिएपनि सभामुखले भने अझै बढी सुरक्षाकर्मी पाएका छन् । दुवै पदाधिकारको अगुवा, पछुवा र क्याटरमा सो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । यो समाचार आजको नागरिकमा छ ।

प्रकाशित मिति : श्रावण २, २०७६ बिहिबार  १ : ४८ बजे