काठमाडौं ।
सुनको मुल्य फेरी बढ्न थालेको छ । बिहीबार एकैदिन छापावाला सुनको मूल्य ५०० रूपैयाँले ६५ हजार रूपैयाँमा कारोबार भएको सुनचाँदी महासंघले जनाएको छ ।
अघिल्लो दिन बुधबार छापावाला सुन ६४ हजार ५०० रूपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी बिहीबार तेजावी सुन प्रतितोला ६४ हजार ७०० रूपैयाँमा खरिद बिक्री भइहेको छ भने चाँदि प्रतितोला ७६५ रूपैयाँमा कारोबार भइरहेको माहासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला ७४५ रूपैयाँमा बिक्री भएकोमा बिहीबार तोलामा २० रूपैयाँले बढेको हो ।यस्तै बुधवार तेजावी सुन प्रतितोला ६४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने २० रुपैयाँले बढेर बुधवार ७४५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।
पछिल्लो १ महिनामा सुनको मुल्य प्रतितोला २ हजार ५ सय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला ४५ रूपैयाँले बढेको छ ।
यसरी बढ्नुमा अमेरिका इरान व्यापारिक तनाव र सुनमा लाग्ने भन्सारदरमा वृद्धि रहेकोे व्यवसायीको भनाई छ ।








