नेपालगञ्ज –
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आगामी महाधिबेशनबाट पार्टिको नेतृत्व फेरिनुपर्ने पक्षमा आफु रहेको घोषणा गरेका छन ।
आज नेपाली काँंग्रेसका संस्थापक नेता जननायक विपी कोइरालाको ३७ औ स्मृति दिवसकै अबसरमा नेपालगञ्जमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री डा. कोइरालाले पार्टिको मुल नेतृत्व परिवर्तन नै अबको एजेन्डा भएको बताका हुन ।
बर्तमान शभापती शेरबहादुर देउबाकै नेतृत्वमा अब नेपाली कांग्रेसले देश र परिबर्तित जनभाबनाको नेतृत्व गर्न नसक्नेमा जोड दिदै महामन्त्री कोइरालाले पार्टिको बर्तमान अवस्था,राष्ट्रीय राजनितिमा पार्टिले खेलेको भूमिका र पार्टी सञ्चालन शैलीप्रती देशभरका नेता कार्यकर्ताको अशन्तुष्टिलाई शभापती देउबाले सम्बोधन गर्न नसकेको बताए ।
महामन्त्री कोइरालाले नेतृत्व परिवर्तनको पक्षमा एक्जुट हुन समेत सबैलाई आग्रह गरे ।
राजनितिबाट आदर्श. सिद्दान्त र नैतिकता हराउदै गएको उल्लेख गर्दै महामन्त्री कोइरालाले संस्थापक नेता जननायक विपी कोइरालाको मार्गबाट पार्टिलाई बिचलित हुन नदिन पनि सबैलाई आग्रह गरे । कोइरालाले बिपिले लिएको मेलमिलापको नितीको पार्टी भित्रै अनुशरण गर्नु पर्ने अवस्था आएको बताए ।
महामन्त्री कोइरालाले पार्टिका आदर्श र सिद्दान्तप्रती दृढ रहदै जनता सग पार्टिको सम्बन्धलाई मज्बुत बनाउन एक्जुट भएर लाग्न सबैलाई आग्रह समेत गरे ।
आन्तरिक एकतालाई मज्बुत बनाउदै पार्टी ठिक ढङ्गले चलाए नेपाली काँंग्रेसलाई नेपालका कम्युनिष्टहरुले पराजित गर्न नसक्ने समेत ठोकुवा गरे ।
कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य बद्रि पाण्डे, बाके कांग्रेस सभापति किरण कोइराला,पूर्व सभापति सनत रेग्मी लगायतले संवोधन गर्दै जननायक बिपि कोइरालाको योगदानको चर्चा गरेका थिए ।








