जननायक बिपी कोइरालाको स्मृतिमा नेविसंघद्वारा मधेशका बाढी पिडितलाई राहत बितरण



रौतहट –

कांग्रेस भात्री संगठन नेविसंघले काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा तराईमा आएको बाढिमा परेर पीडित परिबारहरुलाई राहत सामाग्री बितरण गरेको छ।

काठ्माण्डौमा सङ्कलन गरिएको राहत सामाग्री रौतहट जिल्लाको गढीमाइ नगरपालिका वडा नम्बर ३ का करिब तिन सय घर-परिवारलाई बितरण गरिएको नेविसंघका निबर्तमान केन्द्रिय सदस्य शुशिल भट्टले न्यू सञ्चारलाई बताए ।

रौतहट कांग्रेस सभापति कृष्ण यादब, सांसद देब प्रसाद तिमल्सिना लगायत अन्य नेता कार्यकर्ताको उपस्थितिमा तिनसय घर परिवारलाई त्रिपाल, लत्ताकपडा, चामल, तेल लगायतका सामान राहत स्वरुप वितरण गरिएको भट्टले बताए ।

आफुहरुले पिडितको घाउमा थोरै भए पनि मलम लगाउने कोशीष गरेको अर्का निबर्तमान केन्द्रिय सदस्य नवराज त्रीपाठिले बताए ।

प्रकाशित मिति : श्रावण ६, २०७६ सोमबार  ३ : २६ बजे