पहिरोले घर बगाउँदा गुल्मीमा ६ जनाको मृत्यु, ४ जना बेपत्ता



पाल्पा –

गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बगाउँदा कम्तीमा  ६ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलका अनुसार, सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ ।

त्यस्तै, सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा पहिरो जाँदा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकको मृत्यु भएको छ ।  पहिरोको कारण घटनास्थलमा प्रहरी पुग्न सकेको छैन। उद्धार तथा राहतका लागि ३ वटै सुरक्षा निकायको टोली घटनास्थलतर्फ पठाइएको प्रजिअ पौडेलले जानकारी दिए।

 

प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार  ५ : ४४ बजे