बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलमाथि छानविन गर्न भिम रावलको माग



काठमाडौं–

नेकपाका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले बालुवाटार जस्तो संवेदनशील स्थानको जग्गा व्यक्तिको नाममा जानु आपत्तिजनक भन्दै उक्त प्रकरणमा पार्टीका महासचिव विष्णु पौडेलमाथि छानविन हुनुपर्ने बताएका छन्।

रिपोर्टर्स क्लबद्वारा सोमबार  काठ्माण्डौमा आयोजित साक्षात्कारमा बोल्दै नेता रावलले ललिता निवासको जग्गा कब्जामा पार्टीका महासचिव पौडेलसमेत मुछिएको बिषयमा सत्यतथ्य छानविन गरेर दोषी ठहरिए कारबाही हुनुपर्ने माग गरे।

जग्गा प्रकरणबारे सरकारले गरेको छानविनप्रती आशङ्का ब्यक्त गर्दै नेता रावलले सत्यतथ्य छानबिन हुनुपर्ने बताए।

सरकारले उक्त जग्गा फिर्ता ल्याउने निर्णय गरेकोमा धन्यवाद दिँदै रावलले फिर्ता ल्याएर मात्रै नहुने र दोषीलाई कानुनी दायरामा नै ल्याउनुपर्ने माग गरे। महासचिब पौडेललाइ जाेगाउन सरकार, पार्टी र सन्चारमन्त्री लागिपरेका बेला रावलले पाैडेलमाथि छानविन तथा दाेषी पाइए कारवाही हुनुपर्ने माग राखेका हुन्।

उनले माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा र आफू गृहमन्त्री रहेको बेला उक्त जग्गाबारे कुनै पनि औपचारिक प्रस्ताव र छलफल नभएको समेत दाबी गरे

प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार  १० : ३२ बजे