सुनसरी, साउन ८=
फर्निचर पसलमा जुवातास खेलिरहेका पाँच जनालाई नगद २७ हजार ६ सय १५ रुपैयाँ र तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईटहरी उपमहानगरपालिका १ हलगडा संगम मार्ग्स्थित किरण दाहालको फर्निचरबाट उनिहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा ६९ वर्षीय भोज बहादुर अधिकारी समेत अन्य ५ जना रहेका छन ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








