जुवातास खेल्दा खेल्दै पाँच जना पक्राउ



सुनसरी, साउन ८=

फर्निचर पसलमा जुवातास खेलिरहेका पाँच जनालाई नगद २७ हजार ६ सय १५ रुपैयाँ र तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईटहरी उपमहानगरपालिका १ हलगडा संगम मार्ग्स्थित किरण दाहालको फर्निचरबाट उनिहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा ६९ वर्षीय भोज बहादुर अधिकारी समेत अन्य ५ जना रहेका छन ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार  १ : ५६ बजे