काँग्रेस बैठक सानेपामा जारी :आगामी महाधिबेशनको तालिका र प्रकृयाका बिषयमा छलफल चल्दै



काठमाडौं–

हिजोबाट जारी नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक पार्टी केन्द्रिय कार्यलय बिपिनगर सानेपामा सुरु भएको छ ।

बैठकमा संघिय संरचना अनुसार पार्टिका अन्तरिम संरचना कसरी बनाउने भन्नेबारे छलफल चलिरहेको छ ।

आगामी महाधिबेशनको प्रकृया शुरु गर्नु अघाडिनै निर्बाचनबाट पार्टिका सबै तहको गठन गरी सक्नु पर्ने बैधानिक ब्यबस्था रहेको छ ।स्थानीय तहको अधिवेशन सुरु गर्नकै लागि पनि तल्ला तहका संरचना गठन हुनुपर्ने बाध्यता छ ।

पार्टिको संस्थापन पक्षले भने प्रदेश कमिटी पहिले बनाउने तयारी गरेको बुझेपछि विहीबारको बैठकमा बोलेका पार्टिको संस्थापन पक्ष इतरका नेताहरुले केन्द्रीय महाधिवेशन ढिलाइ गर्नकै लागि तल्ला तहका अन्तरिम संरचना गठन गर्नसमेत आलटाल भइरहेको आशंका प्रकट गरेका छन ।

वडा तहबाट निर्बाचित हुँदै आएका प्रतीनिधिहरुले माथिल्ला तहका अधिबेशनमा सहभागी हुने बिधानले ब्यबस्था गरेको भए पनि महेश आचार्य लगायत केहि नेताहरुले निर्बाचन नगरिकनै सहमतिमा पार्टिका संरचनाहरु गठन गर्न सकिने बैठकमा प्रस्ताब गरेका छन ।महाधिबेशन गर्नका लागी चाहिने वडा तह देखिका संरचनाहरु निर्बाचनबाट गठन गर्ने कि सहमतीमा गर्ने भन्नेमा शिर्ष तहमै कुरा मिल्न नसकेको बताइएको छ ।

आगामी पार्टिको महाधिबेशनको तालिका र प्रकृयाकै बिषयमा बैठकमा छलफल चलिरहेको पार्टिका एक केन्द्रिय सदस्यले न्यू सञ्चारलाई बताए ।

बैठक अझै केहि दिन लम्बिन सक्ने बताइएको छ

 

प्रकाशित मिति : श्रावण १०, २०७६ शुक्रबार  ९ : ५३ बजे