काठमाडौं –
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आउन लागेको मेलम्ची कहाँ गयो ? भन्ने प्रश्न गर्दै कांग्रेसको सरकार भएको भए अहिले सम्म मेलम्चिको पानी काठ्माण्डौ आइसक्ने दाबी गरेका छन ।
।
गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा आयोजित ‘एसइई उत्तिण विद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले काम सकिन लागेको मेलम्ची कमिसनको खेलले गर्दा अनिश्चित बनेको आरोप लगाएका हुन ।
उक्त कार्यक्रममा बोल्दै नेता सिंहले भने ‘सरकारले राम्रो काम गरेको भए पो सहयोग गर्नु जताततै असुरक्षा र भ्रष्टाचारका समाचार सुन्नुपर्छ अनि कसरी सरकारलाई सहयोग गर्नु ?’ उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लिएको सरकारले समृद्धि ल्याउन नसकेको आरोप लगाए ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले वर्तमान सरकारले जनातालाई ढाट्ने भन्दा अर्को उल्लेख गर्न लायक कुनै काम नगरेको आरोप लगाए ।
उनले जनतालाई बिश्वासमा लिएर बिकास र सम्बृद्दिको पक्षमा सरकारले काम गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्वगर्भनर हिमालय शम्शेर जबराको सहयोगमा विद्यालयमा उपलब्ध गराइएको पोशाक वितरण गरिएको थियो ।








