विप्लवका कास्की सेक्रेटरी पोखराबाट पक्राउ



कास्की,

विप्लव समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । विप्लव समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्र खटाएको बुझिएको छ ।

विकका साथबाट केही थान मोबाइल सेटसमेत फेला परेको छ । विकले आफू लडाकु कमाण्डर भएको बताउँदै धम्की दिँदै हिँड्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : श्रावण १२, २०७६ आइतबार  ५ : ३० बजे