ओलि सरकार अधिनायकवादको बाटोमा : प्रदीप पौडेल



नवलपुर –

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले केपि ओलि सरकार अधिनायकवादको बाटोमा हिडेको आरोप लगाएका छन् । सरकार विभिन्न विधेयक मार्फत संविधानले दिएको स्वतन्त्रता को हक खोस्ने बाटोमा अगाडी बढेको बताउदै सरकार को यो कदम विरुद्ध सडक र संसदबाट प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

नेपाल विधार्थी संघले जिल्ला भरी नै माध्यमिक शिक्षा परीक्षा उतिर्ण विधार्थीहरुलाई सम्मान तथा अभिमुखिकरण गर्ने अभियान अन्तर्गत नेविसंघ गैंडाकोट नगरपालिका समन्वय समिती को आयोजनामा नगरभित्रका माध्यमिक शिक्षा परीक्षा  उतिर्ण विधार्थीलाई सम्मान गर्ने कार्यक्रममा केन्द्रिय सदस्य पौडेलले यो कुरा बताएका हुन । नेता पौडेलले सरकारकै कारण भ्रास्ग्टाचारिलाई कार्बाही हुन नसकेको आरोप लगाए ।

तेस्तै  कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले नेविसंघले जिल्ला भरीनै सुरु गरेको यो रचनात्मक कार्यको प्रशंसा गर्दै यो अभियानले काङ्ग्रेस र सिङ्गो लोकतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस गैंडाकोट नगर सभापति तारापती खरेल, नेविसंघ नवलपुरका सभापति राजेश पौडेल, नेविसंघ पुर्व केन्द्रिय सदस्यहरु गोकुल सापकोटा, गणेश सापकोटा , काङ्ग्रेस नेत्री विष्णु पाण्डे, काङ्ग्रेस नवलपुरका कोषाध्यक्ष ओम सापकोटा , गैंडाकोट नगरपालिका कि उपप्रमुख विष्णु कंडेल लगाएतका नेताहरूले विधार्थीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : श्रावण १२, २०७६ आइतबार  ५ : ५७ बजे