सिरहामा खाल्डोमा डुवेर नबालिकाको ज्यान गयो ।



महेश सिंह महतो , श्रावण ११ सिरहा –
सिरहाको गोलबाजर नपा ६ मा एक नबालिकाको डुबेर ज्यान गएको छ ।

सिरहा ९ ठेङ्गी घर भई गोलबजार नपा ६ लक्ष्मी चौकमा डेरालिए बस्दै आएको श्रीप्रसाद यादवकी ७ वर्षीय छोरी आरती कुमारी यादवको खाल्डोमा जमेको पानीमा डुवेर ज्यान गएको स्थानीयले बताए । गोलबजार नपा ६ मा रहेको मामाको घर साथीहरुसँग जाने क्रममा खाल्डोमा जमेको पानीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिएको छ ।

नबालिकाको शव पोष्टमार्टमको लागि लहान अस्पतालमा ल्याएको र पोष्टमार्टम पछि परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १२, २०७६ आइतबार  ७ : २२ बजे