योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको शपथ



ठमाडौं–

गत फागुनमा हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भए पछी रिक्त रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्त्रालयको जिम्मेवारी नेकपाका नेता योगेश भट्टराईले पाएका छन ।

राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट भट्टराईले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो ।तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन पछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालिरहेका थिए।

रिक्त रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्नेमा सत्तरुढ नेकपा भित्र तिब्र बिबाद र लबिङ चलेको थियो ।

नब नियुक्त पर्यटन मन्त्री  भट्टराई बेला बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोधिको रुपमा समेत चिनिने भए पनि पछिल्लो समय प्रधानमन्त्री ओली सगको सम्बन्ध राम्रो बन्दै गएको थियो ।

भट्टराई ०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा ताप्लेजुङबाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार केशव दाहाललाई पराजित गरेका थिए। भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरेका थिए भने दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका थिए।०६४ र ०७० सालको दुवै संविधानसभाको चुनावमा उनी काठमाडौंबाट पराजित भएका थिए।

भट्टराइ नेकपा भित्र युबा पुस्ताका शसक्त  नेताको रुपमा चिनिन्छन ।

प्रकाशित मिति : श्रावण १५, २०७६ बुधबार  ११ : ४४ बजे