सिन्धुपाल्चोकमा अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी



मेलम्ची–

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ।

आगजनीबाट वडा कार्यालयको कागजातसहित टेबल कुर्सी जलेर नस्ट भएको वडाध्यक्ष भक्तबहादुर खड्काले जानकारी दिए ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी टोली पुगेपनि अधिकांश कागजात र टेबल कुर्सी जलिसकेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको भन्दै घटनामा कसको संलग्नता रह्यो भन्नेबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।

प्रकाशित मिति : श्रावण १५, २०७६ बुधबार  १२ : ३४ बजे