काठमाडौं –
मंसिर पहिलो साता उपनिर्वाचन गराउन राजनीतिक दलहरूले निर्वाचन आयोगलाई सुझाव दिएका छन्। बिहीबार आयोगले बोलाएको सर्वदलीय बैठकमा प्रमुख दलहरूले मंसिर पहिलो साता निर्वाचन गर्ने गरी तयारी थाल्न आयोगलाई सुझाव दिएका हुन्।निर्वाचन कुन समयमा गर्नु उपयुक्त हुन्छ भनेर दलहरूसँग राय माग्ना सर्बदलिय बैठक बोलाईएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।
छलफलमा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेससहित १८ दल सहभागी थिए।
बैठकमा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक, नेकपाका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी थिए।
आयोगका अनुसार चार सांसदको निधन भए पछी प्रतिनिधिसभा र प्रदेशसभाका गरी चार पद रिक्त छन ।
सांसदहरुको निधन पछी कास्की २ मा प्रतिनिधिसभा सदस्य, प्रदेशसभातर्फ बागलुङ २, भक्तपुर १ र दाङ २ मा एक–एक पद रिक्त छन्।
स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिकामा मेयर पद रिक्त छ। त्यहाँका मेयरको निधन भएको थियो। ३८ जिल्लामा गरी ४० वडाध्यक्ष पद रिक्त छन्। १४ जना वडाध्यक्षको निधन भएको थियो।
तेस्तै विभिन्न कसुरमा मुछिएका घटनामा परेका लगायत अन्य कारणहरुले गरी प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, गाउँपालिका अध्यक्षरउपाध्यक्ष चार, नगरपालिका प्रमुख एक ४६ पद रिक्त छन्। ८६४ वडा सदस्य पद पनि रिक्त रहेको आयोगले जनाएको छ।








