काठ्माण्डौ-
लामो समय देखी जारी रहेको नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक पार्टी कार्यलय बिपी नगर सानेपामा शुरु हुँदैछ ।
आजको बैठकमा डा. शशाङ्क कोइराला र पुर्ण बहादुर खड्का दुइ महामन्त्री सहित उपशभापती बिमलेन्द्र निधी सम्मिलित कार्यदलले पार्टिका अन्तरिम सम्रचना बनाउनका लागी तयार गरेको प्रतिबेदन माथी छलफल हुने कार्यतालिका रहेको काँग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले न्यू सञ्चारलाई बताए ।
कार्यदलले पेश गरेको प्रतिबेदन छलफल पछी पारित भए पछी मात्रै पार्टिको महाधिबेशन गराउने सम्रचनाहरु कसरी बनाउने भन्ने टुङ्गो लाग्नेछ ।
गत असार २२ गतेबाट जारी केन्द्रीय समिति बैठकका लागि निर्धारण गरिएका १४ मध्ये २ बिषयमा मात्रै बैठक अहिले सम्मको बैठकमा छलफल भएको छ ।
पार्टीको अन्तरिम संरचना निर्वाचनबाट गर्ने वा सहमतिबाट भन्ने विषयमा नेताहरुबीच सहमति हुन नसकेपछि काँग्रेसको बैठक लम्बिएको हो ।
पार्टिको संस्थापनपक्ष सहमतिबाट अन्तरिम संरचना निर्माण गर्ने पक्षमा रहेको छ भने संस्थापन ईतरपक्ष निर्बाचन गराउनु पर्ने पक्षमा रहेको छ ।
बैठकमा बारीष्ठ नेता रामचन्द्र पौडेल लगायतका संस्थापन ईतरपक्षका नेताहरुले आगामी महाधिबेशनको मिती तोकेर काम अघाडी बढाउनुपर्नेमा अडान लिएका छन भने संस्थापन पक्ष अहिले नै महाधिबेशनको मिती नतोक्ने पक्षमा रहेको छ ।
नेताहरुका बिच कायम असहमतीका बिच छलफल मार्फत सहमती जुटाउने कसरत चलिरहेको र छिट्टै सहमतिमा पुग्ने प्रयास जारी रहेको केन्द्रिय सदस्य प्रदिप पौडेलले न्यू सञ्चारलाई बताए ।








