काठमाडौं-
ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको झडपमा परी जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको प्रहरीले जनाएको छ।
झडपपछि गम्भीर घाइते रहेका उनलाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटाेमै मृत्यु भएकाे हाे।
प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका दोषी पूर्णबहादुर राजीमाथि कर्तव्य ज्यान मुद्दाका पवनकुमार महतोले आक्रमण गरेका हुन् । महतोले भुइँमा विच्छ्याइएको ब्लकले राजीमाथि प्रहार गरेका जेलर वेदप्रकाश अर्यालले बताए।
एक्कासी कुटाकुट भएपछि अन्य कैदीबन्दीले छुट्टाएका थिए । यतिबेला घटनास्थलमा ललितपुर प्रहरीको टोली पुगेको छ । आक्रमणकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ । प्रहरीका अनुसार पूर्णबहादुर करणी मुद्दाका दोषी हुन्। उनलाई ज्यान मुद्दाका कैदी पवनकुमार महताेले इँटाले टाउकोमा प्रहार गरेका थिए ।








