प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लुटतन्त्रको नयाँ अध्याय : काँग्रेस युबा नेता प्रदिप पौडेल



काठ्माण्डौ-

काँग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लुटतन्त्रको एउटा नयाँ अध्याय भएको आरोप लगाएका छन ।

बिगत देखीनै उपलब्धी शुन्य ठाउमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत राज्यको ढुकुटिबाट ठुलो रकम खर्च गरिएकोमा बिभिन्न क्षेत्रबाट अषन्तुष्टीहरु सार्बजनिक भइरहेका बेल नेता पौडेलले उक्त सरकारि कार्यक्रमलाई लुटतन्त्रको नयाँ अध्याय भनेका हुन ।

के काम ? कहाँ ? कसरी ? किन ? कति समयमा गर्ने ? कसले कुन मापदण्डका आधारमा काम पाउने ? कुनै योजना र अध्ययन बिना नै ठूलो धनराशि खर्च गर्नु बालुवामा पानी राखेजस्तै भएको नेता पौडेलको टिपण्णी छ ।

सामाजिक सञ्जाल ट्विटरमा टिपण्णी गर्दै पौडेलले बिधि निर्धारण नगरी यत्रो धनराशि खर्च गर्ने काम भ्रष्टाचार हो भनेका छन ।

https://twitter.com/paudelpradipNC/status/1157218504837255168

प्रकाशित मिति : श्रावण १७, २०७६ शुक्रबार  १० : ३८ बजे