काठ्माण्डौको टोखा,छहरे-नुवाकोट सडक समयमा मर्मत नगरेको भन्दै कांग्रेसको चक्काजाम



काठमाडौं-

सरकारले काठमाडौंको टोखा-छहरे हुँदै नुवाकोट सडक खण्ड मर्मतमा ढिलाइ भय सगै धुलो र हिलोले सास्ती बढे पछी नेपाली कांग्रेसले उक्त सडकखण्ड चक्काजाम गरेको छ।

सरकारको ढिलसुस्ती बिरुद्द  शनिबार विहान एक घण्टा चक्काजाम गरेको कांग्रेस नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले बताए। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठलाई भेटेर सडक मर्मत गरिदिन आग्रह गरेको २० दिन बिते पनि सडक मर्मत नभएको भन्दै विरोध गरिएको उनले बताए।

यो सडकखण्ड हिलोका कारण लामो समयदेखि अवरूद्ध छ। ‘भौतिक योजना मन्त्रीलाई भेटेर सडक छिटो बनाइदिनुपर्‍यो भनेको २० दिन बित्यो,’ उनले भने, ‘मन्त्रीले सात दिन भित्रमा सडक मर्मत गरिसक्छौं भन्नुभएको थियो अझै काम सुरु भएन।’कांग्रेसको चक्काजामलाई उक्त क्षेत्रका स्थानियहरुले पनि सकारात्मक रुपमा लिएका थिए ।

प्रकाशित मिति : श्रावण १८, २०७६ शनिबार  ३ : ११ बजे