कांग्रेस नेता तत्पबहादुर विष्ट अस्वस्थ, भैरहवास्थित शिक्षण अस्पतालमा उपचार हुँदै



भैरहवा-

कांग्रेसको नेता एबम पूर्वमन्त्री तत्पबहादुर विष्टलाई भैरहवास्थित यूनिर्भसल कलेजको मेडिकल साइन्सेस शिक्षण अस्पतालमा अस्पताल भर्ना गरिएको छ।

आइतबार बुद्ध एयरमार्फत नेपालगंजबाट काठमाडौं जाने क्रममा विमानमा बिहोस भएपछि विमानलाई भैरहवा विमानस्थलमा आपतकालिन अवतरण गराएर नेता बिष्टलाई अस्पताल भर्ना गरिएको हो ।

नेता बिष्ट्को अवस्था सामान्य रहेको र अहिले  उनको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १९, २०७६ आइतबार  १२ : ०७ बजे