पोखरा-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपीशर्मा ओलीले सरकार निरङ्कुश बाटोमा अघी बढेको बताउदै सरकारले सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन ।पटक पटक जबर्जस्ती जनबिरोधी बिधेयक ल्याएर प्रधानमन्त्री ओलीले सत्ता कब्जा गर्न खोजेको सभापति देउवाले आरोप लगाएका हुन ।
पोखरामा आयोजित कार्यक्रममा उहाँले संसदमा प्रस्तुत हुने गलत विधेयकविरुद्ध संसदमै कडा प्रतिवाद गर्ने चेतावनी दिदै भने ‘हिट्लरले संसदबाटै कानुन पास गरेर सत्ता कब्जा गरेका थिए, ‘संसदमा अनेकथरी विधेयक पास गर्न खोजेर प्रधानमन्त्री ओली पनि त्यहीं बाटोमा छन् ।’
यस अघि, मिडिया विधेयक, गुठी विधेयक, मानव अधिकार आयोग सम्बन्धी विधेयकको संसदबाट विरोध गरेको भन्दै शभापती देउबाले मानव अधिकार आयोग सम्बन्धी विधेयक ल्याएर सरकारले स्वतन्त्र आयोगको अधिकार सीमित गर्न खोजेको टिप्प्णी गरे ।
सरकार बहुमतको आडमा लोकतन्त्र समाप्त पार्ने खेलमा लागेको शभापती देउबाको भनाइ थियो ।








