विराटनगरमा जेष्ठ नागरिकलाई पोषणभत्ता वितरण कार्य अन्तिम चरणमा



विराटनगर-

८४ बर्ष पुगेका विराटनगर महानगर क्षेत्रका जेष्ठ नागरिकलाई विराटनगर महानगरपालिकाले प्रादान गर्दै आएको पोषण भत्ता वितरणको काम अन्तिम चरणमा पुगेको छ । साउन १ गते देखि वितरण सुरुगरिएको पोष्णभत्ता १ हजार २ सय ४६ जनालाई दिईने छ । जस मध्ये ८ सय लाई प्रदान गरिसकिएको छ । जेष्ठ नागरिकको सम्मानमा पोषण भत्ता वितरण गरिएको महानगरकि उप–प्रमुख ईन्दिरा कार्कीले बताईन ।

कार्कीका अनुसार सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता भन्दा फरक कार्यक्रम तय गरेर महानगरले जेष्ठ नागरिकलाई छुट्टै पोषण भत्ता प्रदान गर्दै आएको हो । सामाजिक सुरक्षा भत्ता बैक खाता र्माफत जेष्ठ नागरकिले पाउने गरेका छन । तर पोषण भत्ता महानगरका जनप्रतिनिधिले घरमै पुगेर दिने गरेका छन ।

महानगरले १९ वटै वडामा धमाधम पोषण भत्ता वितरण गरिरहेको छ । अब नगरले ४ सय ४६ जेष्ठ नागरिकलाई पोषण भत्ता प्रदान गर्ने छ ।

प्रकाशित मिति : श्रावण २१, २०७६ मंगलबार  ११ : ४५ बजे