काठ्माण्डौ-
सुनको मूल्य अस्वभाविक रुपमा बढेपछि कारोबार ठप्प भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । लगातार भाउ बढे सगै अब सर्बसाधाराणले सुन किन्नै नसक्ने अवस्था सिर्जना भए पछी कारोबार ठप्प जस्तै भएको ब्यबसायिहरुले बताएका छन । गत बिहीबार प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको सुन नयाँ कीर्तिमान छुँदै आज ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । साउन लागेसँगै कारोबारमा केही सुधार आएपनि पछिल्लो समय अस्वभाविक रुपमा बढेको मूल्यका कारण केही दिन देखि सुन कारोबार ठप्प भएको हो ।
हिजो प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन १५ सय रुपैयाँ बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । खासगरी चीन र अमेरिककाको व्यापार युद्धका कारण सुनको मूल्य अकासिएको जानकारहरू बताउँछन् । पछिल्लो समय अमेरिककाले चीनसँगको व्यापारमा कडाइ गरेपछि लगानीकर्ताले सुनमा लगानी बढाएका छन् । केही महिनायता अमेरिकाले तीन पटकसम्म चीनबाट आयात हुने सामग्रीमा कर बढाइरकेको छ । डलरको तुलनामा भारतीय रुपैयाँ पनि कमजोर भएकाले नेपाली बजारमा सुनको भाउ बढेको हो ।
सरकारले बजेट मार्फत सुनको भन्सार दर बृद्दी गरे सगै सुनको भाउ उकालो लाग्न थालेको थियो ।








