काठ्माण्डौ,एजेन्सि-
पाकिस्तानले भारतीय फिल्म पाकिस्तानमा प्रदर्शन गर्न प्रतिवन्ध लगाउने घोषणा गरेको छ ।
सूचना तथा प्रसारणका लागि प्रधानमन्त्रीका विशेष सहायक डा . फिरदोस आशिक अवानले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा कुनै पनि फिल्म प्रसारण नगर्न आग्रह गरेका हुन् ।जम्मु कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकराले सोमबार खारेज गरेपछि पाकिस्तानले भारतसँग राजनीतिक तथा सांस्कृतिक सम्बन्ध कम गर्नको लागि कदम चालिसकेको छ ।
योभन्दा अगाडि पनि पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिबन्ध लगाएको थियो । सन् २०१९ को फेब्रअरीमा भारतीय सेनाले गरेको हवाई प्रतिबन्ध ‘एयर स्ट्राइक’ पछि पाकिस्तानले भारतीय फिल्म रिलीज गर्न प्रतिबन्ध लगाएको थियो ।
कश्मिरमा भारतले चालेको पछिल्लो कदम पछी दुइ देशबिचको सम्बन्ध थप बिग्रदै गइरहेको छ ।










