काठमाडौं-
स्वयम्भूको विजेश्वरीमा गोली चलेको छ।
अपराध महाशाखाको टोलीले गोली प्रहार गरी लोप्चन लामा भन्ने मिलन तामाङलाई पक्राउ गरेको हो। उनको दुवै घुँडामुनि २ वटा गोली लागेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग २ करोड रकम माग गरेका थिए। नदिए छोरी मार्ने धम्की दिएका थिए। उनी लुटेरा रहेको प्रहरीले जनाएको छ।
अर्का एकजना अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु गुण्डागर्दी र लुटपाटमा संलग्न रहँदै आएको प्रहरीले बताएको छ । प्रहरी अधिकारीका अनुसार अमृत र मिलन दुवै रामेछापका हुन् । उनीहरुले रामेछापकै लिखु गाउँपालिका अध्यक्षसँग दुई करोड रुपैयाँ मागेका थिए ।
गाउँपालिका अध्यक्षले दुई करोड नदिए उनकी छोरीलाई मार्ने धम्की दिएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो । घाइते मिलनलाई उपचारका लागि अस्पताल लगिएको छ ।








