काठ्माण्डौ-
काँग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराईलाई तामझाम र कुरा भन्दा काम बढी गर्न सुझाव दिएका छन ।
नेता पौडेलले निजगढ विमानस्थललाई विश्वकै सानदार बनाउने तपाईको चाहना, हाम्रो आवश्यकता हो भन्दै प्रस्तावित निजगढ विमानस्थललाइ पानीजहाज र हावाबाट बिजुली जस्तै नबनाउन नवनियुक्त पर्यटन मन्त्री भट्टराईलाई सुझाब दिएका हुन ।
उनले सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै निजगढ विमानस्थल सरकारको प्राथमिकतामा नपरेको पनि उल्लेख गरेका छन ।
मन्त्री भट्टराईले हजारौ मान्छे सहभागी गराएर ताम्झामका साथ आगामी तीन महिना भित्रै विमानस्थलको सिलान्यास गर्ने दाबी गरे प्रती सङ्केत गर्दै नेता पौडेलले भिड जम्मा गरेर विमानस्थल नबन्ने धारणा सार्बजनिक गरेका छन ।
नवनियुक्त मन्त्री योगेश भट्टराईलाई सुझाव : काम गर्नुस् कुरा होइन।निजगढ विमानस्थल सरकारको प्राथमिकतामा परेको छैन।प्रस्तावित निजगढ विमानस्थललाई विश्वकै सानदार बनाउने तपाईको चाहना हाम्रो आवश्यकता हो।रेल, पानीजहाज, हावाबाट बिजुली जस्तै बिषय नबनाइयोस्। भिड जम्मा गरेर विमानस्थल बन्दैन।
— Pradip Paudel (@paudelpradipNC) August 9, 2019














