काठमाडौं–
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन भवनमा आगलागी भएको छ ।
विद्युत सर्ट भएर मनमोहन सेन्टर एनेक्सतर्फको भवनको माथिल्लो तलामा आगलागी भएको महानगरीय प्रहरी बृत महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले जानकारी दिए ।
त्रिवि शिक्षण अस्पताल महाराजगंज भित्र रहेको ट्रान्सप्लान्ट सेन्टरको छेठौं तल्लामा आगालगी भएको हो ।सो तलामा अस्पतल प्रसाशन कार्यलय रहेको थियो ।
आगलागीसँगै अस्पतालमा दमकलले आगो निभाउने काम गरिरहेको छ । घटास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।
आगालागीमा मानविय क्षति भने भएको छैन। छेठौ तलमा कुनै पनि बिरामी नरहेको अस्पताल प्रसाशनले जनाएको छ ।अहिले आगलागी नियन्त्रण गर्ने प्रयास भैरहेको समेत उनले जानकारी दिए ।








