त्रिवि शिक्षण अस्पतालको मनमोहन मनमोहन कार्डियोथोरासिक ट्रान्सप्लान्ट सेन्टरमा आगलागी



काठमाडौं–

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन भवनमा आगलागी भएको छ ।

विद्युत सर्ट भएर मनमोहन सेन्टर एनेक्सतर्फको भवनको माथिल्लो तलामा आगलागी भएको महानगरीय प्रहरी बृत महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले जानकारी दिए ।
त्रिवि शिक्षण अस्पताल महाराजगंज भित्र रहेको ट्रान्सप्लान्ट सेन्टरको छेठौं‌ तल्लामा आगालगी भएको हो ।सो तलामा अस्पतल प्रसाशन कार्यलय रहेको थियो ।

आगलागीसँगै अस्पतालमा दमकलले आगो निभाउने काम गरिरहेको छ । घटास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।

आगालागीमा मानविय क्षति भने भएको छैन। छेठौ तलमा कुनै पनि बिरामी नरहेको अस्पताल प्रसाशनले जनाएको छ ।अहिले आगलागी नियन्त्रण गर्ने प्रयास भैरहेको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण २७, २०७६ सोमबार  २ : १९ बजे