काठमाडौं साउन, २९–
प्रधानमन्त्री केपी ओलीले स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट तीव्र पारेका छन्। उपचारका लागि १० दिन सिंगापुर बसेर सोमबार फर्कनेबित्तिकै नेकपा अध्यक्षसमेत रहेका ओली सचिवालय बैठकको तयारीमा जुटेका हुन्। यस क्रममा उनले सचिवालय सदस्यहरूसँग सामूहिक र छुट्टाछुट्टै छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीले सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग बालुवाटारमा भेटघाट गरेका थिए। उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए। मंगलबार पनि बिहानैदेखि पार्टी नेताहरूसँग सचिवालय बैठकको गृहकार्यका लागि भेटघाट गरेकाअ छण । सचिवालय बैठक बुधबार बस्दैछ।
प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाल र महासचिव पौडेलसँग सोमबार नै छलफल गरी पूर्व्निर्धा्रित सचिवालय बैठक एक दिनपछि सारेर आन्तरिक गृहकार्यमा छलफल थालेका थिए।








