पत्रकार पुडासैनी आत्महत्या प्रकरण : अस्मिता पक्राउ, रवि लामिछाने सम्पर्कबिहिन



पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका दोषी ठानिएका रूकू कार्की ‘अस्मिता’लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले न्युज २४ का रवि लामिछाने, पत्रकार दीपक बोहोरालाई पनि पक्राउ गर्ने संकेत देखाएको छ ।

बिहीबार पक्राउ परेकी अस्मितालाई जिल्ला प्रहरी कार्यालय चितवनको महिला प्रहरीको टोलीले पक्राउ गरी भरतपुर लगेको हो । कार्की पक्राउ परेसँगै प्रहरीले रवि र युवराजमाथि पनि निगरानी बढाएको छ ।

स्रोतका अनुसार अस्मितालाई रविकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए । तर प्रहरीको टोलीले उनलाई पक्राउ गरेर चितवन लगेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताएका छन् ।

बुधबार दिउँसो एक स्टाटस लेखेर सत्यतथ्य बताउने वाचा गरेका रवि लामिछाने भने त्यसयता बेखबर छन्

भिडियोमा नाम लिइएका पात्रहरुलाई छिट्टै नियन्त्रणमा लिई अनुसन्धान थालिने बताइरहेको बेला तीनमध्ये पहिलो नम्बरमा कार्की पक्राउ परेका हुन् । पुडासैनीको आत्महत्या हो वा हत्या रु भन्ने बहस चलिरहेकाबीच कार्कीलाई पक्राउ गरिएको हो ।

मृतक पुडासैनीलाई साउन २१ गते चितवनको नारायणगढ बजारस्थित कंगारु होटलमा घाँटीमा डोरीको पासो हालेर झण्डिएको अवस्थामा शव फेला पारिएको थियो ।

 

प्रकाशित मिति : श्रावण ३०, २०७६ बिहिबार  ११ : ३८ बजे