एक्जुट भए कांग्रेसलाई कसैले हराउन सक्दैन : बलबहादुर के. सि.



काठ्माण्डौ-

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम पूर्व मन्त्री बलबहादुर के. सि. ले अब नेपाली कांग्रेसको नेतृत्व गर्न युबा पुस्ता सक्षम भएर अघाडी आउनुपर्ने बताएका छन ।

काठ्माण्डौमा रहेका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुसगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता  के . सि . ले पार्टिमा युबा पुस्ताको लागी अबसर रहेको र युबा हरुले पनि राजनितिक सोचका साथ सक्षम भएर अघाडी आउनुपर्ने बताएका हुन ।

कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुको बारेमा आफ्नो धारणा राख्दै नेता केसिले सबैलाई एक्जुट हुन समेत आग्रह गरे ।मेलमिलाप र एकताका साथ अघी बढे सोलुखुम्बुमा नेपाली कांग्रेसलाई कसैले हराउन नसक्ने उल्लेख गर्दै नेता के . सि . ले पार्टी भित्रको मेलमिलाप र एकताका लागी आफु बाधक नरहेकोमा जोड दिए ।

पार्टी बिधान सम्मत चल्नु र चलाउनु पर्नेमा जोड दिदै नेता केसिले पार्टी एकताबद्द भए मात्रै बर्तमान कम्युनिष्ट सरकारको सामना गर्न सकिनेमा जोड दिए ।

तेस्तै कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका सभापती बिनोद बस्नेतले कांग्रेसका नेता कार्यकर्ताहरु राजधानी केन्द्रीत हुनु भन्दा पनि गाउ गाउ पुगेर सङ्गठन गर्न जरुरी रहेकोमा जोड दिए ।

स्थानिय तहमा भएको अत्याधिक भ्राष्टाचारले बिकास निर्माणलाई समेत प्रत्यक्ष असर पारेको भन्दै शभापती बस्नेतले गाउ गाउ पुगेर भ्राष्टाचारको बिरुद्दमा अभियान चलाउनु पर्ने समयमा पार्टी भित्र बिबाद सिर्जना गर्न खोज्नु गलत भएकोमा जोड दिए ।

कार्यक्रममा  नेपाली कांग्रेसका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले नेपाली कांग्रेस एकताबद्द भएर जनताको बिचमा जानु पर्ने बताए । कुनै बिषयहरुमा आपसी मतभेद र मनमुटाब भए पनि छलफल गरेर समाधान खोज्न सकिनेमा आफु बिस्वस्थ रहेको पनि नेता कार्किले बताए ।

नेपाली कांग्रेसले शान्ती स्थापना,गणतन्त्र, संघियता र सम्बिधान निर्माणको नेतृत्व गर्दै तीनै तहको निर्बाचन सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै नेता कार्किले गौरबशाली इतिहास बोकेको नेपाली कांग्रेस अहिले नै कमजोर नभएको तर पार्टी भित्र एकता र मेलमिलापको खाचो रहेकोमा जोड दिए ।बिगतका कमी कमजोरी र आपसी मनमुटाबलाई बिर्सेर पार्टीको हितमा लाग्न पनि नेता कार्किले सबैलाई आग्रह गरे ।

नेता कार्किले आन्तरिक मनमुटाब भए पनि छलफल गरी समाधान खोज्दै पार्टिलाई मजबुत बनाउने उद्देश्यका साथ काठ्माण्डौमा उपलब्ध नेपाली कांग्रेस सोलुखुम्बुका नेता कार्यकर्ताहरुको भेटघाट कार्यक्रम आयोजना गरेका हुन ।

कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व जिल्ला सभापती प्रभुराम बस्नेत,पूर्व साम्सद गोकर्ण राइ, बेल्जिएमका लागी नेपाली महाबाणिज्य दुत एबम नेपाली कांग्रेसका नेता आङ छिरीङ शेर्पा , नेपाली कांग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्य एबम नेपाल महिला संघ केन्द्रिय सदस्य डोल्मा तामाङ, नेपाल शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष लाल प्रसाद बास्तोला , नेपाली नेपाली कांग्रेस जिल्ला कार्य समिती सोलुखुम्बुका पदाधिकारी तथा सदस्यहरु,महासमिती सदस्यहरु जय कुमार राइ,भोजराज कार्कि, खिलराज बस्नेत,शम्भुहरी बास्तोला,  तथा पूर्व महासमिती सदस्यहरु राम बहादुर बस्नेत , हुत्त राज बस्नेत लगायत महाधिबेशन प्रतिनिधिहरु र  सोलुखुम्बुस्थित बिभिन्न गाउपालिकाका नेताहरु, पार्टिका भात्री तथा सुभेच्छुक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : श्रावण ३१, २०७६ शुक्रबार  ११ : ३३ बजे