प्रधानमन्त्री ओलिलाई मीनेन्द्र रिजालको जवाफ,अर्को चुनावपछी कांग्रेसबाहेक अरू कसको सरकार बन्छ र ?



काठमाडौं, भदौ १ –

कांग्रेस सांसद मीनेन्द्र रिजालले सरकारको कामकारबाहीकै कारण अर्को पटक कांग्रेसको सरकार बन्ने बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि बोल्दै सांसद रिजालले सरकारका काम गराइ हेर्दा अर्को चुनावपछी कांग्रेस सरकारमा जाने कुराको बिकल्प नभएको उनले बताए।

प्रतिनिधिसभामा प्रधानमन्त्रीले सम्बोधन गर्दा अर्को निर्बाचनपछी मात्रै सरकार छोड्छु भन्ने प्रधानमन्त्री ओलिको भनऐ प्रती इङ्गित गर्दै रिजालाले प्रश्न गरे ‘एउटा कुरा खुसी लाग्यो, प्रधानमन्त्रीले भन्नुभयो अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ,’ रिजालले भने, ‘ठीक हो प्रधानमन्त्रीज्यू यस्तो काम देखेपछि त अर्कोपटक कांग्रेसबाहेक अरू कसको सरकार बन्छ ?’

निर्वाचनका बेला जनतासँग गरेका बाचा पुरा गर्न सरकार र सत्तारूढ दल असफल भई सकेको पनि सांसद रिजालले दाबी गरे ।

सांसद रिजालले प्रधानमन्त्रीले आर्थिक वृद्धिका बारेमा हलुका टिप्पणी गरेको आरोप लगाए।

छाया सरकारका अर्थमन्त्रीसमेत रहेका रिजालले  आर्थिक वृद्धिका बारे हलुका टिप्पणी नगर्न आग्रह गर्दै पुँजीगत खर्च गतवर्षको भन्दा ३५ अर्ब कम  भएको र प्रधानमन्त्रीको टिप्पणी सुन्दा आश्चारय लाग्दो भएको बताए । सांसद रिजालले प्रधानमन्त्रीले आर्थिक वृद्धिका बारेमा हलुका टिप्पणी गरेको आरोप लगाए।

 

प्रकाशित मिति : भाद्र १, २०७६ आईतबार  ८ : १६ बजे