सरकारको नेतृत्व फेरिन्छ : प्रचण्ड



काठमाडौं, २ भदौ –

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काउदै सरकारको नेतृत्व फेरिने बताएका छन ।

अर्को निर्वाचन नभएसम्म आफू नै प्रधानमन्त्री रहने भन्दै प्रधानमन्त्री ओलीले आईतबार संसदमा सम्बोधन गरेका थिए । उनले अहिले सरकारको नेतृत्व फेरिने हल्लाको पछि नलाग्न पनि आग्रह गरेका थिए ।

तर सोमबार नेकपाका अर्का अध्यक्ष प्रचण्डले ओलीसँग भएको आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने दाबी गरेका छन्। सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन । उनले नेकपा नेतृत्वको सरकार पाँच वर्ष चल्ने पनि दाबी गरेपनी पूर्व सहमती अनुसार सरकारको नेतृत्व फेरिने बताए ।

नेकपाका दुइ अध्यक्ष बिच आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको कुरा सार्बजनिक भए सगै नेकपा भित्र उक्त सहमतिको पक्ष र बिपक्षमा समय समयमा नेताहरुका भनाइहरु सार्बजनिक हुने गरेका छन ।

पार्टी एकताको काम पुरा नहुन्जेलसम्म प्रधानमन्त्री तथा नेकपा अध्यक्षा केपी ओलिले यस बिषयमा मुख खोलेका थिएनन । पार्टीका बिभागहरु गठन लगायत पार्टी एकताका धेरै काम सकिएपछी प्रधानमन्त्री ओलिले आगामी निर्बाचन पछी मात्रै प्रधानमन्त्री फेरिने बताएका हुन ।प्रचण्डको साथ र समर्थन बिना पार्टी एकिकरण नहुने बुझेका ओलिले पार्टी एकिकरणको काम सकिने बित्तिकै आगामी चुनाब सम्मै आफै प्रधानमन्त्री हुने दाबी गरे ।

प्रधानमन्त्री ओलिको दाबिलाई नेकपाका अर्का अध्यक्ष प्रचण्डले खण्डन गर्न शुरु गरी सकेका छन ।यसै पनि प्रचण्ड सत्ता राजनितिका कुशल खेलाडी मानिन्छन ।  यस सगै नेकपाका दुइ अध्यक्ष बिच सत्ताको नेतृत्वलाइ लिएर असहमती बढ्ने देखिएको छ ।

प्रकाशित मिति : भदौ २, २०७६ सोमबार  १२ : ५९ बजे