पत्रकार रवि लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि आज अदालत लगिँदै



चितवन-

पत्रकार रवि लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई  हिरासतमै राखेर अनुसन्धान गर्ने म्याद थप गर्न मंगलबार  चितवन  जिल्ला अदालत लगिँदैछ ।

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका उनिहरुलाई  म्याद थप गर्न मंगलबार अदालत लगिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन् ।

ई पाँच दिन हिरासतमा राखेर अनुसनधान गर्न अदालतले दिएको समय सोमवार सकिए पनि अनुसन्धान बाँकी नै रहेकाले म्याद थपको लागि मंगलवार जिल्ला अदालत लैजान लागिएको हो ।

पुडासैनीको पोष्टमार्टम रिपोर्ट आइसकेको र प्रहरीले पक्राउ गरेका तीनै जनासँग प्रारम्भिक बयान लिइसकेको छ । तर उनीहरुले दिएको बयानबारे अनुसन्धान जारी नै रहेकोले अहिले बोल्न नमिल्ने एसपी मल्लले बताए ।

प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार  ४ : ४० बजे