चितवन घटनामा निर्दोषलाई फसाउने र दोषी उम्कने स्थिति बने दुर्घटना : कांग्रेस नेता प्रदीप पौडेल



काठ्माण्डौ-

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चितवन घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न माग गरेका छन् ।

पौडेलले टुइटर मार्फत आफ्नो धारणा राख्दै घटनामा संलग्न जो-कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने टिप्पणी गरेका छन ।

कसैले पनि आफूप्रति विश्वास कायम राख्न नसकेका कारण शङ्काको घेरा बढेको छ।यो घटनाले सरकारी संयन्त्रप्रति थप अविश्वास बढ्ने स्थिति नबनोस् ,नेता पौडेलको टिप्पणिमा उल्लेख छ । पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक गरी कानुनी राज्यको प्रत्याभूति  गराउन नेता पौडेलले सरकार सग माग गरेका छन ।

प्रकाशित मिति : भाद्र ३, २०७६ मंगलबार  ५ : ०६ बजे