निकिता पौडेलको जाहेरी दर्ता गर्न काठमाडौं प्रहरीद्वारा अस्विकार ,चितवन जान सुझाब



काठमाडौं-

पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्विकार गरेको छ । लामिछाने पत्निनिकितालाई जाहेरी दिने भए चितवन जान सुझाब दिदै महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गर्न अस्विकार गरेको हो ।

लामिछाने पत्नी निकिता जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी लिएर आफ्ना वकिलका साथ महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन ।

चितवनमा घटना भएको र घटनाका बारेमा सबै कुरा चितवन प्रहरीले नैअनुसन्धान गरिरहेको हुनाले जाहेरी चितवनमा नै दर्ता गर्न सुझाब दिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गता साउन २० गते भरतपुरस्थित कङ्गारु होटलमा आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रबी लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : भदौ ४, २०७६ बुधबार  ९ : ४८ बजे