काठमाडौं-
आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परी छानबिनका लागी प्रहरी हिरासतमा रहेका रवि लामिछानेले आफू प्रहरी हिरासतभित्रै असुरक्षित रहेको बताएका छन्।
श्रीमती निकिता पौडेलको फेसबुक मार्फत बुधबार साँझ लामिछानेले आफु हिरासतभित्रै असुरिक्षित रहेको बताएका हुन ।
बुधवारनै लामिछाने पत्नी निकिता जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी लिएर आफ्ना वकिलका साथ महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन ।चितवनमा घटना भएको र घटनाका बारेमा सबै कुरा चितवन प्रहरीले नैअनुसन्धान गरिरहेको हुनाले जाहेरी चितवनमानै दर्ता गर्न सुझाब दिदै महानगरीय प्रहरी परिसर काठमाडौंले उनको जाहेरी दर्ता गर्न अस्विकार गरेको थियो ।
गत साउन २० गते भरतपुरस्थित कङ्गारु होटलमा आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रबी लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ ।









