बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणमा



काठमाडौँ –

काठमाडौँको बालाजुमा रहेको औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा आएको छ ।

बालाजु औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा बिहीबार मध्याहन्न १२ बजेतिर आगलागी भएको थियो ।करिब आधा घण्टामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगो निभाउनका लागि तीनवटा दमकल तथा ५–७ वटा पानीका ट्यांकर परिचालन भएका थिए ।

यस्तै प्रहरी तथा स्थानीय बासिन्दाले पनि आयोग निभाउन सहयोग गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : भदौ ५, २०७६ बिहिबार  ९ : ०० बजे