४ करोड भन्दा बढी मुल्यको कोकिन सहित बिदेसी नागरिक पक्राउ



काठमाडौँ,

लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले ठुलो परिमाणमा लागुऔषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

ब्युरोले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै करिब ५ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित आइभेरीकोस्टका मार्सेल गुलीलाई पक्राउ गरेको जनाएको हो ।पक्राउ गरेका गुली कतार एयरवेजमार्फत दोहा हुँदै नेपाल आएका थिए । उनको सुटकेस ब्यागमा १ किलो ६ सय ग्राम कोकिन बरामद भएको र कोकिनको बजार मूल्य ४ करोड ८० रहेको ब्युरोका डिआइजी दिनेश अमात्यले जानकारी दिएका छन् । उक्त कोकिन नेपाल हुँदै भारत जान लागेको अमात्यले बताउनुभयो ।

पक्राउ परेका व्यक्तिका बारेमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : भदौ ५, २०७६ बिहिबार  ५ : ०० बजे