ईटहरी –
शसस्त्र प्रहरी बलका पुर्व डिएसपी पुष्पकुमार श्रेष्ठकी पत्नी मिनाकुमारी श्रेष्ठलाई सुनसरीको ईटहरीबाट प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठलाई इटहरी स्थित रोयल रिसोर्टमा लुकेर बसेको अवस्थामा बिशेष सुराकीको आधारमा बिहिबार राति ८ बजे पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
किर्तिपुरकी एकजना महिलालाई घर पास गरिदिने भन्दै ७२ लाख रुपैया लिएर फरार रहेकी शसस्त्र प्रहरीका पुर्ब डिएसपी पुष्पकुमार श्रेष्ठकी श्रीमती अन्दाजी ३६ बर्षिया मिनाकुमारी श्रेष्ठ सुनसरीको ईटहरीबाट पक्राउ परेकी हुन् ।
किर्तिपुर वार्ड नं ३ बस्ने कमला सिग्देल लाई घर पास गर्ने शर्तमा भोलि नै पास गरिदिन्छु भन्दै ७२ लाख रूपैया लिएर श्रेष्ठ फरार रहेकी थिइन् ।
अपराध महाशाखा टेकुमा परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यलय इटहरीले उनलाई पक्राउ गरेको पुष्टि भएको छ । उनलाई आजै काठमाण्डौ ल्याउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।








