सरकार प्रजातन्त्र विरुद्ध अगाडि बढे कांग्रेसले छोड्दैन : सभापति देउवा



सुर्खेत–

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कम्युनिष्ट सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन्। शुक्रबार कर्णाली प्रदेशका महाधिवेशन प्रतिनिधीहरुका लागि वीरेन्द्रनगरमा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै संगठित हुने सभापति देउवाले अधिकारसमेत खोस्दै लगेको बताए।

सभापति देउवाले सर्वसत्तावादी कम्युनिष्ट शासन अन्त्यका लागि फेरि एक पटक लडाई लड्ने बेला आएकोमा जोड दिए ।कांग्रेसले राणा, पञ्चायत र राजतन्त्र फालेर अहिलेको व्यवस्था ल्याएकोउल्लेख गर्दै देउबाले सभापति देउवाले अब अन्तिम पटक कम्युनिष्ट शासन अन्त्य गर्नका लागि लड्नका लागि तयार हुन सबैलाई आग्रह गरे ।

देउवाले सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन गर्नुका साथै मिडियालाई पनि नियन्त्रण गर्न खोजेको आरोप लगाए।

देउवाले भने ‘मानवअधिकार आयोग स्वतन्त्र हुनुपर्छ, तर सरकारले आयोगको अधिकार खोस्न खोजेको छ, सरकार प्रजातन्त्र सिध्याउने दिशातर्फ अघि बढ्न खोजेको छ। मिडिया काउन्सिल विधेयक प्रजातन्त्र विरुद्धको हस्तक्षेप हो,।

कार्यक्रममा ओली सरकार प्रजातन्त्र विरुद्ध अगाडि बढे कांग्रेसले नछोड्ने चेतावनी समेत दिए ।

प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार  १ : ४२ बजे