नेपालका कम्युनिस्टहरु दलाल भइसके : काँग्रेस नेता प्रदिप पौडेल



काठ्माण्डौ-

काँग्रेस युबा नेता प्रदिप पौडेलले नेपालमा कम्युनिस्ट पार्टी मात्र भएको तर कम्युनिष्ट पार्टि बिचारको मार्ग छोडेर दलालिकरणको बाटोमा गइसकेको बताएका छन ।

बर्तमान कमुनिष्ट नेताहरु आफै चरम दलाल र पुजिवादी भइ सकेको टिप्पणी गर्दै नेता पौडेलले कम्युनिष्ट नेताहरुप्रती अब भ्रममा बस्नु नपर्ने उल्लेख गरेका छन । सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै नेता पौडेलले कम्युनिस्ट हु भनेर भ्रमको खेती गर्नेहरुलाइ सच्चा बामपंथीहरुले पत्याइरहनु दलालिकरणको बिकासमा सहयोग पुर्याउनु हो भनेका छन ।

नेता पौडेलले कम्युनिष्ट बिचारधारामा बिश्वाश राखेर कम्युनिष्ट पार्टिमा लाग्नेहरुलाई सचेत गराउदै दलालिकरणको बिकासमा सहयोग नपुर्याउन समेत आग्रह गरेका छन ।

बर्तमान नेकपा सरकारका गतिबिधीहरु प्रती अहिले जनतामा जताततै अबिश्वाश र नैराश्यता देखिन थालेको छ । नेकपालाई बिश्वाश गरेर बहुमत दिने जनताको बिश्वाशलाई बर्तमान सरकार र नेकपा नेतृत्वले धोखा दिएको सार्बजनिक टिप्पणी हुन थालेको छ ।

केहि दिन अघी मात्रै नेकपाका अध्यक्ष प्रचण्डलेनै एक कार्यक्रममा बोल्दै कम्युनिष्ट नेताहरु सुबिधाभोगि,व्यक्तिगत स्वार्थमा लिप्त,र जनभाबना प्रती अनुत्तरदायी हुँदै गएको र यही प्रबृत्ती कायम रहे अब जनताले नपत्याउने स्विकार गरेका थिए ।

 

 

प्रकाशित मिति : भदौ ७, २०७६ शनिबार  ४ : ०३ बजे