नेपाल एकिकरणका योद्धा पाँडेलाई सम्मान गर्न दहचोक पुगे पूर्वयुवराज पारस



काठमाडौं –

पूर्वयुवराज पारस शाहले काठमाडौं महानगरपालिकाको नागर्जुन वडा नं ७, दहचोकस्थित कालु पाँडेको समाधिमा पुगेर नेपाल एकीकरणका योद्धा काजी कालु पाँडेलाई सम्मान अर्पण गरेका छन् ।  ऐतिहासिकस्थलको अवलोकन गर्ने क्रममा पारस  दहचोकस्थित पाँडेको समाधिस्थल पुग्दा स्थानीय बासिन्दाले राजसंस्था र पारसको जयजयकार गर्दै नारा लगाएका थिए ।

दहचोक प्रवेश गर्ने क्रममा पूर्वयुवराज पारसलाई पञ्चकन्याले पारसको स्वागत गरेका थिए ।  दहचोक र कालु पाँडेको समाधिस्थल, तीन ठाउँमा स्थानीयले घडाकलश राखेका थिए ।

सो अवसरमा रमेश गौतम, सुन्दर लामिछाने, रामकृष्ण भट्टराई लगायतका वडा अध्यक्षहरु र  स्थानीय शिक्षक, सर्वसाधारण, महिला र विशेष गरेर युवाहरु स्वागतमा सरिक थिए ।

पृथ्वीनारायण शाहको  नेपाल एकीकरणका  क्रममा कीर्तिपुरको लडाईँमा पाँडेले वीरगति प्राप्त गरेपछि गोरखा देख्ने ठाउँमा शव गाडिदिनु भन्ने इच्छा व्यक्त गरेबमोजिम उनको शीर दहचोकमा गाडिएको इतिहास छ ।

प्रकाशित मिति : भदौ ७, २०७६ शनिबार  ४ : ३३ बजे