ग्रहदशा कटाउन भन्दै हिरासतमै ज्योतिष पन्डित लिएर पुगिन निकिता



काठमाडौं –

प्रहरी हिरासतमा रहेका पति रवि लामिछानेको ग्रहदशा कटोस् भन्दै पत्नी निकिता पौडेल काठमाडौंबाटै ज्योतिष लिएर भरतपुर पुगेकी छन् ।बाहिर मन्दिरमा रविको ग्रहदशा हटोस् भन्दै पूजापाठ गराएपछी ज्योतिषले रविलाई टीका र चन्दन लगाइदिएको बताइन्छ ।

निकिता प्रहरी हिरासतमा रहेका रविलाई भेट्न ज्योतिषलाई पनि सँगै लिएर गएकी थिइन् ।

केही समय रविसँगे भेटेर दुवै बाहिरिएका थिए ।भदौमै रविको जन्मदिन पर्छ । रविलाई अहिले साढे सातको दशा लागेकाले पनि मुद्दा मामिला लाग्न सक्ने ज्योतिषहरूले भविष्यवाणी गर्दै आएका छन् ।

रविलाई भेट्न भनेर आइतबार बिहानै कलाकारहरू दीपकराज गिरी, निर्मल शर्मा, दीपाश्री निरौला, केदार घिमिरे, अनुराग कुँवर, रमेश उप्रेतीलगायत भरतपुर पुगेका थिए । उनीहरू अहिले काठमाडौं फर्केका छन् ।

प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार  ९ : २९ बजे