काठमाडौँ-
आत्महत्या दुरुत्साहन कसुरमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेसहित तीन जनाविरुद्ध चितवन सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
आइतबार दिउँसो लामिछानेसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ।
अब केहीबेरमै यो मुद्दामा थुनछेक बहस सुरु हुनेछ।
बहस आइतबार नै सकिए थुनछेकको आदेश बेलुकासम्ममा आउने छ। बहस आइत बार नै नसकिने सम्भाबना पनि छ ।आताबार अबेर मात्रै अदालतमा अभियोग पत्र पेश भएकाले आइतबार नै थुनछेकको आदेश आउने सम्भावना कम देखिन्छ। थुनछेकको आदेशले पुर्पक्षका लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने मध्ये एउटा आदेश गर्ने छ।
पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो।








