चितवन जिल्ला अदालतमा लामिछानेको बयान सुरु , भरतपुरमा सुरक्षा ब्यबस्था कडा



चितवन –

आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी मध्ये चितवन जिल्ला अदालतमा दुईजनाको बयान सकिएको छ । जिल्ला अदालत चितवनमा अस्मिता कार्कीको बयान हिजै सकिएको थियो भने युवराज कँडेलको बयान आज सकिएको छ ।आरोपी दुबैको बयान सकिए पछी सकिएपछि अब रवि लामिछानेको बयान लिने कार्य सुरु भएको छ।

रवि लामिछानेलाई भर्खरै बयानका लागि इजलास लगिएको छ ।

रवि लामिछानेको बयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने मध्ये एउटा आदेश गर्ने छ।

यसै बिच रवि लामिछाने निर्दोस रहेको दाबीसहित फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले चितवनमा दिनदिनै प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शन चर्कर्दै गएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरेको छ । प्रहरीले बजार क्षेत्रमा सुरक्षा गस्ति बढाएको छ । चितवनमा ठुलो सङ्ख्यामा प्रहरिहरु परिचालन गरिएको छ ।निषेधाज्ञाका कारण आज मानिसहरु प्रदर्शनमा उत्रेका छैनन् ।

प्रकाशित मिति : भदौ ९, २०७६ सोमबार  ६ : ५८ बजे