अहिले जस्तो भ्रष्टाचार कहिल्यै भएको थिएन : कांग्रेस नेता सिंह



काठमाडौं-

कांग्रेस नेता प्रकाशमान सिंहले देशमा अहिले जस्तो भ्रष्टाचार कहिल्यै नभएको बताएका छन । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा नेता सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको र सरकारले नागरिकको भरोसा गुमाउँदै गएको दाबी गरे।

लामो समय बिमारी भएर आराम गरिरहेका नेता सिंह मंगलबार पहिलो पटक सार्वजनिक कार्यक्रम सहभागी हुँदै  भने ‘भ्रष्टाचार नियन्त्रण हुन दिन्नौं भनेर सरकारले भने पनि सरकारकै कारण दिनदिनै ठुल्ठूला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन्’, ।

सरकारले बहुमतको दम्भ पालेर नागरिकहरुको आवाज सुन्नै छोडेको सिंहले आरोप लगाए । सरकार प्रती नागरिकहरुको विश्वास यसै गरी गुम्दै जाने र सरकार बहुमतको दम्भमा नागरिक आवाजलाई पेल्दै जाने हो भने त्यो देश र लोकतन्त्रका लागी दुभाग्यपूर्ण हुन सक्ने भन्दै उनले सतर्क रहन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे।

कार्यक्रममा कांग्रेस  शुभेच्छुकको उल्लेखनीय सभागिता रहेको थियो।

यसै बिच  नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्वर्गिय मंगलादेवी सिंहको २३ औं स्मृति दिवस आज देशै भरी बिभिन्न कार्यक्रमहरु गरी मनाइदै छ । मंगलादेवी सिंहले तत्कालिन राणा शाषन देखी पञ्चायती शाषन बिरुद्दको आन्दोलनमा लाग्न नेपाली महिलाहरुलाई उत्प्रेरित गरेकी थिइन ।

महिलाहरु राजनिती र समाजको मुलधारमा आउन नसकेको त्यस बेलाको परिस्थितिमा महिला अधिकार र महिला जागरणका क्षेत्रमा मंगलादेवी सिंहलेले पुर्याएको योगदान अबिस्मरणिय रहेको छ ।उनले समग्र नेपाली महिलाहरुको नेतृत्व गर्दै जनअधिकार प्राप्तिका हरेक आन्दोलनको अग्रमोर्चा सम्हालेकी थिइन ।

मंगलादेवी सिंह नेपाली स्वतन्त्रता आन्दोलनका नायक एबम त्याग र आदर्शका प्रतिमुर्ती स्वर्गिय गणेशमान सिंहकी धर्मपत्नी पनि हुन ।

प्रकाशित मिति : भाद्र १०, २०७६ मंगलबार  ६ : ३६ बजे