सञ्चारमन्त्री बास्कोटाले संसदलाई ढाँटे



काठमाडौँ–

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संसदमा ठाडै झुट बोलेका छन ।बिहीबार संसदमा बोल्दै भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक नबसेको भनेर मन्त्री बास्कोटाले संसदमा सिधै झुट बोलेका हुन्।

भिडियो कन्फरेन्समार्फत भएको भनिएको उक्त बैठकका बारेमा बिबाद आएपछी मात्रै सञ्चारमन्त्रीले बैठक नभएको स्पस्टिकरण दिएका हुन ।काँग्रेसका सांसदहरुले भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदको बैठक गर्दा त्यसको गोपनियता र सुरक्षाका बारेमा प्रश्न उठाए पछी उक्त बिठक बिबादित बनेको हो ।

भिडियो कन्फरेन्समार्फत बसेको मन्त्रिपरिषदको बैठक विवादित बनेपछि मन्त्री बास्कोटाले संसदलाई जवाफ दिने क्रममा त्यस दिन प्रधानमन्त्रीसँग भिडियो मार्फत सामूहिक कुराकानी मात्रै भएको तर मन्त्री परिषद्को बैठक नबसेको बताए ।

संसदमा बास्कोटाले भने, ‘त्यो दिन मन्त्रिपरिषद्को कुनै एजेण्डा थिएन। सबै मन्त्री जम्मा भएर प्रधानमन्त्रीसँग स्वास्थ्यस्थितिको बारेमा जानकारी लिइएको हो।

तर मन्त्री बास्कोटाले आज संसदमा दिएको स्पस्टिकरण भन्दा बिल्कुलाई फरक हुने गरी उक्त बैठक पछी प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललेसमेतले ट्वीट गरेर भिडियोमार्फत मन्त्री परिषद्को बैठक सञ्चालन भएको जानकारी गराएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो व्यक्तिगत ट्वीटर ह्याण्डलबाट भिडियोमार्फत मन्त्रीपरिषद् बैठक सञ्चालन हुन सकेकोमा प्रविधि र प्राबिधिक एबम प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद दिदै ट्विट गरेका थिए ।

प्रकाशित मिति : भदौ १२, २०७६ बिहिबार  १२ : ४० बजे