काठ्माण्डौ-
युबा जागरण अभीयानका संयोजक एबम नेपाली कांग्रेसका युबा नेता चिन्तन पौडेलले हो- हल्ला गरेका भरमा देशमा पर्यटक भित्र्याउन नसकिने बताएका छन ।
पर्यटन मन्त्री योगेश भट्टराइले नेपाल भ्रमण बर्ष सफल बनाउन टुडिखेलमा लाखौ मान्छे भेला गर्ने र बिदेशमा रहेका हरेक नेपालिले एक एक जना बिदेशी नागरिकलाई नेपाल घुम्न पठाउने योजना सार्बजनिक गरेको प्रती प्रतिकृया ब्यक्त गर्दै पौडेलले देशको समग्र वातावरण राम्रो बनाए मात्रै पर्यटक भित्र्याउन सजिलो हुने बताएका हुन ।
बिदेशमा रहेका नेपालिले पठाउने भन्दा पनि बिभिन्न माध्यमहरुबाट देशको बारेमा सकारात्मक सन्देश प्रबाह गर्न आवाश्यक रहेकोमा उनले जोड दिए ।
एअरपोर्ट ,बाटोघाटो , सरसफाइ, शान्ति- सुरक्षा बस्ने र ठाउ सबैकुराको उपयुक्त प्रबन्ध भएको अनुभुती गराउन नसकेसम्म देशको पर्यटन उधोगलाई माठी उठाउन सकिने गरी पर्यटक भित्र्याउन नसकिनेमा पौडेलले जोड दिए ।
देशको समग्र वातावरण सुधार्न आग्रह गर्दै उनले देशको वातावरण सुधार्न ध्यान नदिने हो भने सरकारी हो-हल्लाले मात्रै पर्यटक नआउने दाबी गरे ।
सरकारका कारणले अन्तर्आष्ट्रीय क्षेत्रमा देशको छबी सकारात्मक बन्न नसकेको टिप्पणी गर्दै पौडेलले सरकारले देशको बारेमा सकारात्मक सन्देश प्रबाह हुने वातावरण बनाउन लाग्नु पर्नेमा जोड दिए ।








